योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले तोडफोड गरे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १०, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १०,काठमाडौँ । ताप्लेजुङमा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले तोडफोड गरेका छन् ।

आज आइतवार गृहजिल्ला ताप्लेजुङबाट काठमाण्डौ फर्कने क्रममा सदरमुकाम फुङलिङको तोक्मे डाँडामा भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको सिसा फुटेको छ ।

सातरआठ जनाको समूहमा रहेकाहरूले भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेका एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले बताउनुभयो । गाडीको सिसा फुटे पनि मान्छेलाई केही नभएको खतिवडाले जानकारी दिनुभयो । यसअघि आजै दिउँसो सचिव भट्टराईलाई पहिचान पक्षधरहरूले कालो झण्डा देखाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस