सुनुवाइ समितिलाई ‘रबरस्ट्याम्प’ हुन नदिने उपायको खोजी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ११, सोमबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर ११,काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट क्यानाडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

सिंहदरबारमा आइतबार दिउँसो साढे १ बजेदेखि साढे तीन बजेसम्म भएको सुनुवाइपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो ।
पौड्यालको सुनुवाइपछि नेकपा एमालेका सांसदहरुले तत्काल अनुमोदनको निर्णय नगर्न प्रस्ताव गरेका थिए । तर, सत्तारुढ दलका सांसदहरु भने आइतबार नै अनुमोदनको पक्षमा थिए ।

कांग्रेस सांसद जीवन परियार भन्छन्, ‘सुनुवाइपछि निर्णय गर्न बस्दा उजुरीउपर थप अध्ययन गर्ने विषय उठेको थियो । तर, सुनुवाइ सकेकै दिन अनुमोदन गर्ने अभ्यास भएको विषय उठ्यो र त्यसै अनुसार निर्णय भयो ।’

समितिमा पौड्यालविरुद्ध दुईवटा उजुरी परेका थिए । समितिले उजुरीकर्तासँग पनि छलफल गरेको थियो । त्यसपछि प्रस्तावित राजदूत पौड्यालसँग सुनुवाइ समितिका सदस्य सांसदहरुले प्रश्न गरेका थिए ।

एमाले सांसद देवेन्द्र दाहालले कर्मचारीका लागि आएको छात्रवृत्तिमा छोरीलाई पढ्न पठाएको विषयमा प्रश्न गरे । ‘छोरीलाई सरकारी छात्रवृत्ति मिलाएको भन्ने छ । यो गलत होस् । साँचो देखियो भने यहाँ (भरतराज पौड्याल) ले गर्नुभएको प्रतिबद्धता खण्डित हुन्छ’, दाहालले भने ।

एमाले सांसद महेश बर्तौलाले इमानदारी र आचरणको प्रश्न उठाए । ‘इमानदारी र आचरणको विषयमा गम्भीर उजुरी आयो । परीक्षण गर्न केही समय लाग्छ । परीक्षण गर्दा उजुरीकर्ता वा यहाँ (भरतराज पौड्याल) मध्ये एक सत्य हुनुहुन्छ । यसकारण उजुरीका सम्बन्धमा के हो प्रष्ट पारिदिनुस् ।’

पौड्यालले आफ्नी छोरीले सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा नभई आम रुपमा खुला गरिएको सिटमा प्रतिस्पर्धाका आधारमा छात्रवृत्ति पाएको जवाफ दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस