विपिन जोशीका बुवाआमासँग प्रधानमन्त्रीले भेटे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २२, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २२,काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुवाआमासँग भेटेका छन् ।

सुदूरपश्चिम महोत्सवका लागि धनगढी जाने क्रममा कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले जोशीका परिवारसँग भेटेको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

जोशीको रिहाका लागि कुटनीतिक रुपमा सरकारबाट भरपुर पहल भइरहेको चाँडै नै नतिजा आउने गरी काम भइरहेको कुरा प्रधानमन्त्री प्रचण्डले कुरा राखेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस