राप्ती बस दुर्घटना अपडेट : १२ मृतक मध्ये थप २ जनाको सनाखत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २८, शनिबार (१ साल अघि)
  • २९ पटक पढिएको
राप्ती बस दुर्घटना अपडेट : १२ मृतक मध्ये थप २ जनाको सनाखत

पौष २८, काठमाण्डौँ । दाङको भालुवाङस्थित राप्ती नदीमा भएको बस दुर्घटनामा परि मृत्यु भएकामध्ये १० जनाको सनाखत भएको छ । प्रहरीका अनुसार थप दुई जनासहित अहिलेसम्म १० जनाको सनाखत भएको हो ।

चितवनको भरतपुर नगरपालिका वडा नं २५ निवासी ३५ वर्षीय अनिल खड्का र बाँकेको खजुरा गाउँपालिका वडा नं ३ का सञ्जय केसी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । अब दुई जनाको सनाखत हुन बाँकी छ । दुर्घटनामा परि मृत्यु भएका १२ जनामध्ये ८ जनाको यसअघि नै सनाखत भई सकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस