खाने तेल ठानेर डिजेलमा मासु पकाउदा आगलागी, दुई घाइते

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ८, बिहिबार (३ घण्टा अघि)
  • ३२ पटक पढिएको
खाने तेल ठानेर डिजेलमा मासु पकाउदा आगलागी, दुई घाइते

जेठ ८, काठमाडौं । डिजेललाई तेल भनेर कराईमा हाल्दा मकवानपुरमा आगलागी भएको छ । मकवानपुरको हेटौंडा–८ कमानेस्थित नमुना टोलमा हिजो साँझ भएको आगलागीमा २ जना घाइते भएका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका–३० घर भई डेरा गरी बस्दै आएका सलाउदिन देवानकी १३ वर्षीया छोरी असिया खातुनले मासु पकाउने क्रममा गल्तीवश कराईमा डिजेल हालेकी थिइन् । त्यसबाट आगो लागेपछि असियाको अनुहार, हात, खुट्टा लगायतमा जलन भएको छ । उनीसगै बस्ने भारतको बिहारकी २५ वर्षीया अफ्रिदा खातुन सामान्य घाइते भएकी छिन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक विमला कुमारी कठायतको नेतृत्वमा खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएर घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाएको छ । आगलागीबाट काठको ढोका, धान, चामल र लत्ताकपडा जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस