चित्लाङ–थानकोट सडक खण्डमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २८, शनिबार (१ साल अघि)
  • २४ पटक पढिएको
चित्लाङ–थानकोट सडक खण्डमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

पौष २८, काठमाण्डौँ । चित्लाङ–थानकोट सडक खण्डमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । थानकोटबाट चित्लाङका लागि छुटेको प्रदेश – ३ – ०१ -०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका ४ सेतो पहरा भन्ने स्थानमा दुर्घटना हुँदा अन्य २ जना घाइते भएका थानकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए ।

उनका अनुसार शनिवार दिउँसो भएको दुर्घटनामा काठमाडौं लाजिम्पाटका ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतमको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस