नेवा: सम्पर्क समुहद्धारा ‘राजनारायण श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा’

नेवा: सम्पर्क समुहद्धारा ‘राजनारायण श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा’

पौष २८, काठमाण्डौँ । नेवा: सम्पर्क समुहको आयोजनामा सामाजिक ब्यक्तित्व “राजनारायण श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा” सोहि संस्थाको भवनमा सम्पन्न भएको छ ।

श्रद्धाञ्जली सभामा नेवा : सम्पर्क समुहका अध्यक्ष विष्णु श्रेष्ठ रहेका थिए भने संस्थाका निवर्तमान अध्यक्ष पुर्व अध्यक्षहरु लगाएत , स्व. राजनारायण श्रेष्ठ की श्रीमती रमिता श्रेष्ठ, निजका छोरा कृष्ण श्रेष्ठ निजका दाई हरि नारायण श्रेष्ठ, निजका छोरीहरु अञ्जना, मिना, शान्ती, लक्ष्मी लगायत अन्य ब्यक्तिहरुको बिशेष आतिथ्यता रहेको थियो ।

सो कार्यक्रम संस्थाका सचिव भिम श्रेष्ठले संचालन गरेका थिए भने अध्यक्षता विष्णु श्रेष्ठले गरेका थिए ।

श्रद्धाञ्जली सभामा समाजसेवी व्यक्तिहरुको उपस्थिती रहेको थियो । राजनारायण श्रेष्ठको जन्म २०३० पुस १४ गते भएको थियो भने २०८० पुस १० गते निधन भएको थियो । ५० बर्षको अल्पायुमा निधन भएका राजनारायण श्रेष्ठ यसै संस्थाका आजीजन सदस्य एबं पुर्व सचिव तथा हाल सल्लाहकार को भुमिकामा रहेका थिए ।

उनले कुशल ब्यवस्थापक, सामाजिक अभियन्ता, असल अभिभावक, आदर्श महान नेताको छबी बनाएका थिए । साथै लायन्स क्लव अफ रामेछापका अध्यक्ष हुनुका साथै बिभिन्न ३ दर्जन जती संघ संस्थामा आबद्ध रही सामाजिक कार्य गर्दै आएका थिए । त्यसका साथ साथै उहाँ सचिव रहेको कार्यकाल नेवा : सम्पर्क समुहको जग्गा खरिद भएको थियो भने अहिल्य तिनतले भवन निर्माण भईसकेको छ । सो भवनमा नेवारहरुको विभिन्न कार्यक्रमहरु गर्न बस्नको लागि राम्रो व्यवस्था रहेको छ ।

उहा नेवार समुदाय रामेछापकै एउटा ठुलो खम्बा भएको हुनाले उहाँको मृत्युले नेवा स् सम्पर्क समुहमा ठुलो क्षती पुगेको छ ।श्ररद्धाञ्जली सभामा आयोजक टिम लगायत अन्य ब्यक्तिहरुले तस्बिरमा मालार्पण गरेर श्रद्धाञ्जली दिएका थिए ।

संस्थाको पदमा रहदा वा नरहदा पनि संस्थालाई गतिशिल बनाउन निरन्तर लागी पर्ने, धेरै सदस्यहरु बनाई सदस्यहरुको समस्या समाधान गर्न सफल भएको, संस्थालाई देशब्यापी बनाउन लागी परेको लगायत अन्य कुराहरु संस्थापक अध्यक्ष, वर्तमान अध्यक्ष र पुर्व अध्यक्षहरुले जानकारी गराएका थिए ।

नेवा: समुहद्वारा आयोजित श्रद्धाञ्जली सभामा सबै व्यक्तिहरुले एकदम जोशिलो थिए । समाजको लागी केही गर्छु भन्ने हिम्मत थियो । आफु पछि हटेर अरुलाई अगाडि बढाउने एक असल अभिभावक हुनुहुन्थ्यो उहाँको निधनले हामि सबैको आँखा रसाएको छ। उहाँले राम्रो कामहरु र बिभिन्न संघ संस्थाहरुलाई योग्दान दिनुभएको थियो र अहिले सम्मान पाउनु भएको छ । उनको निधन हुँदाको दिनमा पार्टी र बिभिन्न संघ संस्थाहरुबाट ठुलो योग्दान दिएको भएर ठुलो सम्मान पाउनु भएको थियो । उनले जस्तो ठुलो सम्मान रामेछापमा कस्ले पाएको थियो र अरुले आगामी दिनमा पाउने पनि छैनन् । सम्मान पाउनलाई आफुले केही योग्दान दिनै पर्छ, त्यसको मुल्यांकन निधन पछि मात्र हुने गर्दछ । भन्ने मन्तव्य राखिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस