नारायणगढ-मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २९, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष २९, भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्डमा आइतबार र सोमबार दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ ।

देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुंगा मुग्लिन सडक आयोजना पश्चिमखण्ड नारायणगढ मुग्लिनका सूचना अधिकारी तथा इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । यस सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकाले दिउँसोको समयमा सडक बन्द गरेर काम गरिएको हो । जिल्लाको सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्न अनुमति दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस