मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न खानेपानी मन्त्रालयको अपिल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ३, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न खानेपानी मन्त्रालयको अपिल

|d]nDrL vfg]kfgL k'gM p¢f6g ub}{ dGqL rf}w/L sf7df8f}F, @# dªl;/ M g]kfn ;/sf/sf vfg]kfgLdGqL pdfsfGt rf}w/L d]nDrL vfg]kfgL k'gMljt/0fsf] p¢f6g ub}{ . pxfFn] sf7df8f}Fsf] dxfFsfnrf}/l:yt zfvf sfof{noaf6 vfg]kfgLsf] k'gM ljt/0f p¢f6g ug{ePsf] xf] . tl:a/ M d]3gfy kxf8L÷/f;;

माघ ३, काठमाडौँ । खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी सफा नरहेको भन्दै गरिएको हल्लाका पछि नलाग्न आग्रह गरेको छ । मापदण्ड बमोजिम प्रशोधन गरी पानी पठाइएको भन्दै मन्त्रालयले भ्रममा नपर्न अपिल गरेको छ ।

‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी वितरण गरिएको छ’, मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणका क्रममा केही समय पानी धमिलो आउन सक्ने भएता पनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुन्छ ।’

खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ । मन्त्रालयले मेलम्ची खानेपानी सर्वसुलभ रूपमा सबै उपत्यकावासीको घरघरमा सन्तुलित र समानुपातिक हिसाबले वितरण गर्न मन्त्रालय प्रयत्नशील रहेको पनि स्पष्ट पारेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस