राष्ट्रपतिबाट आम माफी पाएका चोर १२औं पटक पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ४, बिहिबार (१ साल अघि)
  • २० पटक पढिएको
राष्ट्रपतिबाट आम माफी पाएका चोर १२औं पटक पक्राउ

माघ ४, ललितपुर । विगत १३ वर्षदेखि ललितपुरका विभिन्न स्थानमा चोरी गर्ने व्यक्तिलाई प्रहरी १२ औं पटक पक्राउ गरेको छ ।

पछिल्लो पटक ३७ लाख १६ हजार बराबरको धनमाल चोरी भएपछि प्रहरी उनको खोजीमा लागेको थियो । प्रहरीले पेशेवर चोरको खोजी गर्दा दोलखाको शैलुङ गाउँपालिका ४ घर भएका रघुनाथ बस्नेत फेला परे ।

४० वर्षीय बस्नेत भक्तपुरको निकोसेराबाट पक्राउ परेका थिए । गत असोज ३ गते राष्ट्रपतिबाट कैदा माफी मिनाह पाएका बस्नेत जेलबाट बाहिर आउने वित्तिकै पुरानै पेशामा फर्केका हुन् । पछिल्लो पटक प्रहरीलाई झुक्याउन उनले कपडा बदल्ने गरेको ललितपुरका एसएसपी शेखर खनालले बताए ।

संविधान दिवसको अवसरमा निस्केका उनी मंसिर र पुसमा करिब ६० लाख बराबरको धनमाल चोरी गर्न भ्याएका थिए । प्रहरीले दिएको विवरण अनुुसार पछिल्लो पटक झम्सिखेलस्थित ठाकुर नाथ ढकालको घरबाट उनले पुस १ मा ३७ लाख १६ हजार बराबरको धनमाल चोरी गरेका थिए। मंसिर १७ मा उनले सानेपास्थित सुप्रिया राईको डेरा फोडेर २४ लाख ७६ हजार बराबरको धनमाल चोरी गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस