लैंगिक अल्पसंख्यकलाई निजामति सेवामा निषेध गर्नुको कारण माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ४, बिहिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ ४, काठमाडौँ । सरकारी नोकरीमा आरक्षण माग्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी, दुईलिंगी समुदायको हक अधिकारका लागि स्थापना भएको ‘मायाको पहिचान नेपालले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको हो ।

‘प्रस्तुत निवेदनको विषयवस्तुको गाम्भीर्यता समेतलाई विचार गर्दा, चाँडो किनारा हुनुपर्ने प्रकृतिको देखिँदा प्रस्तुत रिट निवेदनलाई सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिई नियमानुसार गरी पेस गर्नुहोला’ आदेशमा लेखिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई निजामति सेवामा समावेश नगराउनुको कारण माग गर्ने आदेश पनि दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस