धादिङको गजुरीबाट ६ सय २० किलो ४४ ग्राम गाँजासहित ट्रक चालक पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १५, मंगलबार (१ साल अघि)
  • ४३ पटक पढिएको
Post Thumbnail

फागुन १५, धादिङ । गजुरी गाउँपालिका २ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ६ सय २० किलो ४४ ग्रामसहित सर्लाही लालबन्दी नगरपालिका(७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले मधेश प्रदेश ०३००१ ख ८३०९ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा कवाडीको समानभित्र लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक साहलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस