सूर्यज्योति लाइफ इन्स्योरेन्सको लक–इन अवधि आज समाप्त हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र २०, मंगलबार (१ साल अघि)
  • ३२ पटक पढिएको
सूर्यज्योति लाइफ इन्स्योरेन्सको लक–इन अवधि आज समाप्त हुँदै

चैत्र २०, काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लक–इन समयावधि आज समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै साविकको ज्योति लाइफ इन्स्योरेन्स को संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि आज९चैत २० गते ०समाप्त हुन लागेको जनाएको हो ।

साविकको ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए ।

साविकको ज्योति लाइफले २०७७ फागुन २३ गतेदेखि फागुन २८ गतेसम्म सर्वसाधारण९कर्मचारी समेत० लाई आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ सर्वसाधारणलाई २०७७ चैत १३ गते बाँडफाँड गरिएको थियो ।

साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापकको स्वामित्वमा रहेको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता,संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ९ लाख ९९ हजार २९३।५० कित्ता गरी कुल १ करोड ४२ लाख ६६ हजार ३२३।५० कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस