विदेशी मुद्रा सञ्चिती १९ खर्ब नजिक, एक वर्षभन्दा बढीको आयात धान्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र २३, शुक्रबार (१ साल अघि)
  • २६ पटक पढिएको
विदेशी मुद्रा सञ्चिती १९ खर्ब नजिक, एक वर्षभन्दा बढीको आयात धान्ने

|Manila, Philippines - Feb 25, 2018 : Eleveted, night view of Makati, the business district of Metro Manila, Philippines

चैत्र २३, काठमाडौँ । आठ महिनामा शोधनान्तर स्थिति सवा तीन खर्ब बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०र८१ को फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको देखिएको छ । रेमिटान्स आप्रबाहको बढ्दो गति र आयातमा संकुच आउँदा शोधनान्तर स्थितीमा उच्च सुधार आएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४२ अर्ब रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २५ करोडले बचतमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस