बैंकिङ प्रणालीको निक्षेप एकै दिन १.४८ प्रतिशतले घट्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र २४, शनिबार (१ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

चैत्र २४, काठमाण्डौँ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १.४८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत २० गते बैंकिङ प्रणालीबाट ९२ अर्ब बाहिरिएको हो । चैत १९ गते ६१ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा चैत २० गते भने १.४८ प्रतिशतले घटेको हो ।

चैत २० गते बैंकिङ प्रणालीको कुल निक्षेप घटेर ६१ खर्ब ७ अर्ब रुपैयाँमा सीमित बनेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५३ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ८५ अर्ब रहेको थियो । यसरी वाणिज्य बैंकहरुको निक्षेप पनि एक दिनको अन्तरालमा ९१ अर्बले घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस