नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम सांसद इन्दिरा गिरी पदमुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २६, सोमबार (१ साल अघि)
  • ३२ पटक पढिएको
नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम सांसद इन्दिरा गिरी पदमुक्त

चैत्र २६, धनगढी । नागरिक उन्मुक्ति पार्टी नाउपाकी सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छिन् ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाए अनुसार सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेशसभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना सोमबार निकालेको छ ।

सूचनामा प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेशसभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखले निर्देशन भएको उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस