नाउपा अध्यक्षको मान्यता नपाएपछि सर्वोच्चमा रेशम, बहस ३० गते हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २७, मंगलबार (१ साल अघि)
  • ३० पटक पढिएको
नाउपा अध्यक्षको मान्यता नपाएपछि सर्वोच्चमा रेशम, बहस ३० गते हुने

चैत्र २७, काठमाडौँ । आफूलाई नागरिक उन्मुक्ति पार्टी नाउपाको अध्यक्षको मान्यता नदिने निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चौधरीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिने र नदिनेबारे ३० गते छलफल गर्ने भएको छ । सो मुद्दामा अन्तरिम आदेश दिने र नदिनेबारे छलफलका लागि दुबै पक्षलाई ३० गते बोलाएको छ ।

टीकापुर महाधिवेशनबाट अध्यक्षमा निर्वाचित चौधरीलाई आयोगले २४ फागुनमा मान्यता नदिने निर्णय गरेको थियो । त्यसविरुद्ध रेमश चौधरीले दायर गरेको रिटमा न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरुको नाममा आदेश दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस