आज राष्ट्रिय सभाको बैठक बस्दै,के–के छ कार्यसूची ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० चैत्र ३०, शुक्रबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र ३०,काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले “निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी” सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस