गृहमन्त्री लामिछानेमाथी अनुसन्धान नहुने, सत्ता र प्रतिपक्ष आआफ्नै अडानमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ३०, शुक्रबार (१ साल अघि)
  • २३ पटक पढिएको
गृहमन्त्री लामिछानेमाथी अनुसन्धान नहुने, सत्ता र प्रतिपक्ष आआफ्नै अडानमा !

चैत्र ३०, काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षको अडान र छानविन समिति नबनाउने सत्ता पक्षको अडानबीच संसद अधिवेशन अन्त्यको तयारी भएको छ ।

विगत एक महिनादेखि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानविनको माग गर्दै संसद अवरोध गर्दै आएपछि सरकारले संसदको चालु अधिवेशन अन्त्यको तयारी गरेको हो ।

आज बस्ने मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने बताइएको छ । मन्त्रिपरिषद बैठक आज एक बजेका लागि बोलाइएको छ।

कांग्रेस आफ्नो अडानबाट पछि नहट्ने र सरकारले कुनै पनि हालतमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन नगर्ने भएपछि लगातार संसद प्रभावित हुँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस