बैशाख २ देखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ३०, शुक्रबार (१ साल अघि)
  • ३६ पटक पढिएको
बैशाख २ देखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

चैत्र ३०, काठमाडौँ । संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमै भेटवार्ता गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस