विदेशी धर्म प्रचारकलाई निगरानीमा राख्न गृहमन्त्रालयको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ३०, शुक्रबार (१ साल अघि)
  • ३१ पटक पढिएको
विदेशी धर्म प्रचारकलाई निगरानीमा राख्न गृहमन्त्रालयको निर्देशन

|नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बुधबार पदभार ग्रहणपछि मन्त्रालय मातहत निकायका कर्मचारीहरुलाई निर्देशन दिँदै । तस्बिर : विमलबहादुर बिष्ट / रासस

चैत्र ३०, काठमडौँ । गृहमन्त्रालयले धर्म प्रचारक विदेशीलाई निगरानीमा राख्न देशभरका सुरक्षा संयन्त्रलाई निर्देशन जारी गरेको छ ।

चैत २५ मा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयमा विदेशी धर्म प्रचारलाई निगरानीमा राख्न निर्देशन जारी गरेको हो ।

विदेशीहरू गैर कानुनी रूपमा धर्मको प्रचार र परिवर्तन गराउने काममा सामेल हुँदै आएको बताउँदै मन्त्रालयले विना प्रवेशाज्ञा हिँडडुल गर्नेलाई कारबाही गर्न पनि निर्देशन दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस