प्रहरी र सवारी चालकलाई मिठाई बाँड्दै गृहमन्त्री लामिछानेले सुरु गरे नयाँ वर्ष !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १, शनिबार (१ साल अघि)
  • २६ पटक पढिएको
प्रहरी र सवारी चालकलाई मिठाई बाँड्दै गृहमन्त्री लामिछानेले सुरु गरे नयाँ वर्ष !

बैशाख १, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सडकमा खटिएका प्रहरीसँग शुभकामना साटेर नयाँ वर्षको सुरुवात गरेका छन् ।

आज बिहान काठमाडौंको थापाथली चोक पुगेर गृहमन्त्री लामिछानेले प्रहरीहरुसँग शुभकामना साटेर नयाँ वर्षकोसुरुवात गरेका हुन् । उनले सडकमा खटिएका ट्राफिक प्रहरीलाई शुभकामना दिए ।

उनले सडकमा भेटिएका ज्येष्ठ नागरिक, सवारीचालक र यात्रुलाई नयाँ वर्षको शुभकामना दिँदै लड्डु बाढेका थिए । उनीसँगै नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीलगायत उच्च अधिकृतहरु थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस