एकीकृत समाजवादीले असार १६ गतेदेखि महाधिवेशन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ६, बिहिबार (१ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

बैशाख ६,काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशन मिति सरेको छ । पार्टीले यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन असार १६ देखि २० गतेसम्मका लागि सारेको हो । हिजो बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी अपुग भएकाले असारमा सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाण्डौँ गर्ने निर्णय भएको उनले बताए । सङ्गठनको तल्लो तहदेखि नै महाधिवेशन सार्नुपर्ने माग भएकाले त्यसैअनुसार निर्णय गरिएको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस