मनसुन

यसपालि मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २२, मंगलबार (१ साल अघि)
  • २३८ पटक पढिएको
यसपालि मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान

जेठ २२, काठमाण्डौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको मनसुनबाट प्रभावित हुन सक्ने विवरणअनुसार यसपालीको मनसुनमा १८ लाख एक हजार भन्दा धेरै मानिस प्रभावित हुने अनुमान छ ।

प्राधिकरणका उपसचिव एवम् प्रवक्ता डा डिजन भट्टराईले कूल चार लाख १२ हजार घरघुरीका १८ लाख एक हजारभन्दा धेरै मानिस कुनै न कुनै रुपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिए ।

उनका अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अवस्था आउने आँकलन गरिएको छ । यसपालिको मनसुनमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ ।

#मनसुन

ताजा अपडेट

खोजी गर्नुहोस