भाद्र १९,काठमाडौँ । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष विश्व पौडेलले प्रधानमन्त्री र मेयर झगडा गरेर बस्न नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पौडेललेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौंमा एउटा मेट्रो रेल बनाउने घोषणा गरेर अघी बढ्न सुझाव दिएका छन् । उनले चीनलाई नकुरी एक, दुईवटा शहर सुहाउँदो शहरी सडकहरु बनाउन आग्रह गरेका छन् ।
पौडेलले लेखेका छन्–”अघिल्लो पटक एकलौटी सरकार बनाउँदा धेरै काम नलाग्ने एयरपोर्ट र सभाहलहरुमा जोड दिइएको थियो , अब सडक दुर्घटनै दुर्घटनाबाट आजित जनताले सुविस्ता हुने सडक र शहरी पुर्वाधार खोजेका छन। पैसा कताबाट ल्याउने भन्ने छ भने छलफल गरौं, बरु म कोठा मिलाउँछु।”
पोडेल थप लेख्छन्– “मेयरसापले पनि गत आर्थिक वर्ष २४ अरब खर्च गर्ने बजेट ल्याएकोमा कुल १२ अरब खर्च भएको रहेछ। पुँजीगत खर्च १५ अरब छुट्याएकोमा छ अरब ३८ करोड मात्र खर्च भएछ। मेयरको आफ्नै अफिसको काम गराई वहाँँको आफ्नै रिपोर्ट अनुसार अत्यन्त चिन्ताजनक छ।अब काममा फोकस चाहियो।”
पौडेलले फलोवर गनेर सेलेब्रिटी भइने तर, नेता नहुने जिकिर गरेका छन् ।