पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, पावर र सेटिङमा दोस्रो ब्यक्ति जोशी छनौट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २५, मंगलबार (८ महिना अघि)
  • ६६ पटक पढिएको
पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, पावर र सेटिङमा दोस्रो ब्यक्ति जोशी छनौट

भाद्र २५, काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत छनौटमा धाँधली गरेर कम नम्बर पाएकालाई नियुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । लिखित परीक्षा र प्रस्तुतिलगायत विज्ञहरूको टीमले दिएको नम्बरअनुसार पहिलो भएका डा धनञ्जय रेग्मीको साटो दोस्रो नम्बरका दीपकराज जोशीलाई बोर्डको सीईओ नियुक्त गरिएको थियो ।

पर्यटनमन्त्री बद्री पाण्डेको निर्देशनमा सीईओ छनौट समितिले प्राप्त नम्बरका आधारमा नभई वर्णानुक्रमअनुसार सिफारिस गरेर दोस्रो नम्बरका जोशीलाई नियुक्त गरेको भन्दै डा। रेग्मीले मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

निवर्तमान सीईओ रहेका रेग्मी विज्ञहरूको नम्बरका आधारमा पहिलो भए पनि मन्त्री पाण्डेले अनूचित प्रभावमा परेर जोशीलाई सीईओ नियुक्त गर्न छनौट उपसमितिलाई निर्देशन दिएको आरोप छ । पर्यटन मन्त्रालयकी उपसचिव इन्दू घिमिरेको संयोजकत्वमा रहेको उपसमितिमा बोर्डका सदस्य मदन आचार्य र मिलन देवकोटा सदस्य थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस