उपसभामुख रानालाई पदबाट हटाउने कदम घातक हुने रास्वपाको चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २६, बुधबार (८ महिना अघि)
  • ८४ पटक पढिएको
उपसभामुख रानालाई पदबाट हटाउने कदम घातक हुने रास्वपाको चेतावनी

भाद्र २६, काठमाण्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कदम घातक हुने चेतावनी दिएको छ।

बुधबार सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले उपसभामुखलाई पदबाट हटाउन खोजिएको भए गलत हुने र सत्तागठबन्धनका लागि घातक हुने चेतावनी दिएको हो।

बैठकपछि रास्वपा सभापति रवि लामिछानेले उपसभामुखलाई हटाउने काम गलत हुने र दुई तिहाई शक्तिको दुरुपयोग नगर्न ध्यानाकर्षण गरेको बताए।

यस विषयमा सत्तापक्षका नेताहरुको पनि ध्यानाकर्षण गराइएको उनले बताए। लामिछानले सहकारी प्रकरणमा आफुमाथि लगाएको आरोप विरुद्ध बोल्ने ठाँउ रहेको भन्दै अन्य सहकारी पिडितहरुको समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

ताजा अपडेट

खोजी गर्नुहोस