लुम्बिनीका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २६, बुधबार (८ महिना अघि)
  • ६२ पटक पढिएको
लुम्बिनीका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

भाद्र २६, काठमाण्डौँ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत गरेका छन् । मन्त्री कुर्मीले हिजो (मंगलबार) राजीनामा दिएका थिए । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित व्यक्तिलाई अनुसन्धान नै प्रभावित गराउने गरी सांसद र मन्त्री बनाइएको भन्दै महिला अधिकारकर्मीहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

कांग्रेस केन्द्रीय समितिबाटै राजीनामाका लागि दबाब परेपछि उनले राजीनामा दिएका थिए । मुख्यमन्त्री आचार्यले बुधवार राजफनामा स्वीकृत गरेको आचार्यका प्रेस संयोजक दशरथ घिमिरेले बताएका छन् । कांग्रेस–माओवादीको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस