दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २८, शुक्रबार (८ महिना अघि)
  • ६० पटक पढिएको
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली

भाद्र २८, काठमाडौँ । कर्णालीमा आगामी मंसिर २–९ गतेसम्म हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ । प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने भन्ने विषय आफैंमा पेचिलो बन्दै गएको छ । यसले पूर्वाधार निर्माण र व्यवस्थापन गर्नतर्फ दबाब बढेको छ ।

दुई वर्षअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश कास्कीको पोखरामा सम्पन्न भएको थियो । उक्त प्रतियोगिता सम्पन्न भएसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएर फर्केपछि त्यसका लागि प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रङ्गशालाको काम अन्तिम चरणमा पुगेको छ । रङ्गशाला १० हजार दर्शक बस्ने क्षमताको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस