भाद्र २८, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ । बैठक आज शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो । बैठकमा समसामियक राजनीतिक परिस्थितबारे छलफल हुने बताइएको छ । संसदमा ‘हिंसा’ सब्दले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल माओवादीबीच टकराब छ ।
१२ भदौको प्रतिनिधि सभा बैठकमा सत्तारूढ नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे सशस्त्र संघर्षलाई हिंसा भनेपछि माओवादीले संसदमा विरोध जनाउँदै आएको छ ।