सभामुखले बोलाएको छलफल निष्कर्षविहीन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३०, आईतबार (८ महिना अघि)
  • ७२ पटक पढिएको
सभामुखले बोलाएको छलफल निष्कर्षविहीन

भाद्र ३०, काठमाण्डौँ ।  प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले बोलाएको बैठक विना निष्कर्ष सकिएको छ । छलफल बिना निष्कर्ष टुङ्गिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने भएको छ ।  सभामुख  घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफलबारे जानकारी दिँदै प्रमुख सचेतक हितराज पाण्डेले सो कुरा बताएका हुन् ।

उनले सभामुख घिमिरेले पनि दलमा थप छलफल गर्न अनुरोध गरेपछि आफू आन्तरिक छलफलमा जाने उनले बताए ।  ‘शब्दमा मात्र होइन सिङ्गो जनयुद्धको भावनामा प्रहार भयो । हामी अवरोध जारी राख्छौं’, उनले भने, ‘यहाँबाट निस्कपेछि पार्टीमा पनि छलफल हुन्छ ।’ उनले सहमति नजुटेको पनि जानकारी दिए । हिंसा शब्द संसदीय शब्द भएको सभामुखले रुलिङ गरेपछि माओवादीले सदन अवरोध गर्ने निर्णयमा पुगेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस