प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३१, सोमबार (८ महिना अघि)
  • ६१ पटक पढिएको
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

भाद्र ३१, काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । आजको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आज आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराउन लागेका हुन् । ओली संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न आउँदो असोज ४ गते अमेरिका जाँदैछन् ।

राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री अमेरिकाको न्यूयोर्क जाने भएका हुन् ।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ ।

नेपालले राष्ट्रसंघको वडापत्रलाई परराष्ट्र नीतिको अभिन्न अंक मान्दै आएको छ । विश्व शान्तिका लागि नेपालले राष्ट्रसंघको छातामुनी रही महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

#प्रतिनिधिसभा बैठक

ताजा अपडेट

खोजी गर्नुहोस