लाभांश पारित गर्न भोलि बस्दै सर्वोत्तम सिमेन्टको साधारण सभा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २५, बिहिबार (४ महिना अघि)
  • ६२ पटक पढिएको
लाभांश पारित गर्न भोलि बस्दै सर्वोत्तम सिमेन्टको साधारण सभा

पौष २५, काठमाण्डौँ । सर्वोत्तम सिमेन्टको लाभांश पारित गर्न साधारण सभा भोलि बस्दै छ। कम्पनीको भोलि पुस २६ गते साधारण सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभाबाट कम्पनीले बोनस सेयर र नगद गरि कुल १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्दैछ। कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशतले हुन आउने १३ करोड ९५ लाख रुपैयाँ नगद लाभांश घोषणा गरेको थियो। सोही लाभांश साधारण सभा बाट पारित हुनेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ। जस अनूसार बुक क्लोजअघि कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन्।

#सर्वोत्तम सिमेन्ट # लाभांश

ताजा अपडेट

खोजी गर्नुहोस