मेडिकल व्यवसायी प्रसाईं तीन लाख धरौटीमा रिहा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २६, शुक्रबार (४ महिना अघि)
  • ५३ पटक पढिएको
मेडिकल व्यवसायी प्रसाईं तीन लाख धरौटीमा रिहा

पौष २६, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं तीन लाख धरौटी बुझाएर रिहा भएका छन् । नेपाल राष्ट्र बैंकका उच्च अधिकृत तथा व्यवसायीलाई धम्की दिएको आरोप लागेका प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाँल तीनरतीन लाख धरौटीमा रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । अदालतको आदेशपछि उनीहरू दुवै जना धरौटी बुझाएर रिहा भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ । प्रसाईं विरुद्ध आपराधिक लाभ र संगठित कसुरको मुद्दा दायर भएको थियो । उनी सहित तीन जनाविरुद्ध सो मुद्धा दायर भएकामा रामचन्द्र मैनाली फरार थिए ।

#मेडिकल व्यवसायी #दुर्गा प्रसाईं

 

ताजा अपडेट

खोजी गर्नुहोस