आज ६.५४ अंकले बढ्यो नेप्से, सात अर्ब बराबरको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २९, मंगलबार (२ महिना अघि)
  • ७३ पटक पढिएको
आज ६.५४ अंकले बढ्यो नेप्से, सात अर्ब बराबरको कारोबार

माघ २९, काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ६.५४ अंकले बढेको छ । आज नेप्सेमा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से २६८३.८६ अंकमा पुगेको हो ।

मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा १३४ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ९८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । आज भएको कारोबारमा ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । नेप्सेमा आज भएको शेयर कारोबारमा विकास बैंक, जलविद्युत, लगानी, म्यानुफ्याक्चरिङ र म्यूचुल फन्ड बाहेकका उपसमूहका सूचक नकारात्मक रहे ।

आज नेप्से परिसूचक बढ्दा सिक्लेस हाइड्रोपावरका शेयर कारोबारीले सबैभन्दा धेरै आम्दानी गरे भने भूगोल इनर्जी डेभलपमेन्टका कारोबारीले सबैभन्दा धेरै गुमाए ।

ताजा अपडेट

खोजी गर्नुहोस