वैशाख २१, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी जेठ २ गतेदेखि मध्य पहाडी लोकमार्ग अभियान सुरु गर्ने भएको छ । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले गत फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको मात्र नभई सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको निष्कर्ष निकाल्दै मध्य पहाडी लोकमार्ग अभियानको मिति तय गरेको हो ।
त्यस्तै उक्त अभियानमा सहभागी हुनेहरुलाई पनि धन्यवाद ज्ञापन गर्दै प्रस्ताव बैठकले पारित गरेको छ । बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको समेत उल्लेख गरिएको छ ।