नागढुंगा सुरुङमा सवारी साधनलाई फरक–फरक टोल ट्याक्स प्रस्ताव, मन्त्रिपरिषदले स्विकृत गर्न बाँकी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ३१, बुधबार (११ घण्टा अघि)
  • ५७ पटक पढिएको
नागढुंगा सुरुङमा सवारी साधनलाई फरक–फरक टोल ट्याक्स प्रस्ताव, मन्त्रिपरिषदले स्विकृत गर्न बाँकी

बैशाख ३१,काठमाडौँ । नागढुंगा सुरुङमा सवारी साधनलाई फरक–फरक टोल ट्याक्स प्रस्ताव गरिएको छ ।  सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले अनुसार यो सुरुङमार्ग प्रयोग गर्न मान्यताप्राप्त चार किसिमका सवारी साधनलाई फरक–फरक टोल ट्याक्स लगाउने प्रस्तामव गरिएको हो । सुरुङमार्ग भएर भित्रिँदा र बाहिरिँदा लाग्ने शुल्कसमेत फरक हुने जनाइएको छ ।

काठमाडौँ भित्रिँदा कार भ्यान, जीप, पिकअप, माइक्रोबसलाई प्रतिपटक ७५ रुपैयाँ शुल्क तोकिएको छ । यस्तै मिनिबस, मिनिट्रक र टिपरलाई प्रवेशमा प्रतिपटक १२५, बस, ट्रकलाई २५० र हेभी सवारी (लरी) लाई प्रतिपटक ५०० रुपैयाँका दरले प्रवेश शुल्क निर्धारण गरिएको छ ।

कार भ्यान, जीप, पीकअप, माइक्रो बसलाई बाहिरिँदा ५० रुपैयाँ लाग्नेछ भने मिनिबस, मिनिट्रक र टिपर बाहिरिँदा १०० रुपैयाँ शुल्क तोकिएको छ । यस्तै बस, ट्रक २०० र हेभी सवारीलाई प्रतिपटक ३०० रुपैयाँ तोकिएको छ । यस्तो शुल्क सुरुङमार्ग निर्माण सम्पन्न भएपछि लिइने केसीको भनाइ छ । बोर्डले गरेको प्रस्ताव मन्त्रीपरिषदले स्विकृत गर्न भने बाँकी छ ।

‘क्याबिनेटबाट अहिले निर्णय भए पनि निर्माण सम्पन्न भएपछि कार्यान्वयनमा आउँछ । तर सुरुङमार्ग सञ्चालनमा आउन अझै एक वर्ष लाग्छ,’ केसीले भने, ‘अन्य निर्माण सम्पन्न भएका सडकमा शुल्क उठाउन थालिन्छ ।’

हाल यो सुरुङमार्गको काम करिब ८७ प्रतिशत सकिएको छ । निर्माणसम्पन्न गर्नुपर्ने म्याद भने आगामी असोजसम्म छ ।

ताजा अपडेट

खोजी गर्नुहोस