सगरमाथा आरोहीहरूको पहिलो ‘एभरेष्ट समिटर समिट’ आज हुँदै

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १३, मंगलबार (३ हप्ता अघि)
  • ६० पटक पढिएको
सगरमाथा आरोहीहरूको पहिलो ‘एभरेष्ट समिटर समिट’ आज हुँदै

जेठ १३, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारभरका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ आज हुँदैछ ।

काठमाडौंको सोल्टी होटलमा आयोजना हुने एक दिने समिटमा भाग लिन हालसम्म १६ देशका दुई सय जना आरोहीले नाम टिपाएका छन् । १७० भन्दा बढी अतिथि नेपाल आइसकेका छन् । सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका विश्वभरका पाँच सय आरोहीको सहभागिता रहने आयोजक एभरेस्ट एलाइन्स नेपाले जनाएको छ ।

समिट सचिवालयका अनुसार सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीट्जरल्याण्ड, नर्वे, इरान, सिङ्गापुर, अष्ट्रेलिया, लेवनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरूले सहभागिता जनाउनेछन् । कार्यक्रममा पहिलोपटक सर एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गरिनेछ ।

प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लुडब्लुएफ), अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), समृद्ध पहाडलगायत विभिन्न सङ्घसंस्थाको सहभागितामा हिमालका समस्याका बारेमा आरोहीसँग समूहगत छलफल गर्ने कार्यक्रम राखिएको छ ।

समिटमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावका बारेमा बृहत् छलफल हुने एलाइन्सका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिए । हिमाल आरोहीका समस्या र आरोहणका क्रममा भएका खुसीको आदानप्रदान हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस