सदनमा पेलेरै जाने सत्तापक्षको तयारी, प्रतिपक्षले अडान नछोड्ने

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ २५, आईतबार (८ घण्टा अघि)
  • ६० पटक पढिएको
सदनमा पेलेरै जाने सत्तापक्षको तयारी, प्रतिपक्षले अडान नछोड्ने

जेठ २५, काठमाडौं । सरकार प्रतिपक्षी दललाई पेलेरै जाने तयारीमा जुटेको छ । आइताबार संसद्को अवरोघ खुलाउन सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा सत्तारुढ दलका सांसदहरूले अवरोदकैबीच संसद्का कारबाही द्धलाउने बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विपक्षीले असहयोग गरे गरे पनि संसद्को कारबाही अघि बढाउने बताए । घिमिरेले संसदलाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको भन्दै प्रतिपक्षीले सहयोग गरेको खण्डमा छलफल सकारात्मक ढंगले अगाडि बढ्ने बताए ।

‘आजबाट संसद सञ्चालनमा आउँछ । अपोजिसनबाट हामीले कुनैपनि निष्कर्ष र निर्णय हामीले पाएका छैनौँ,’ घिमिरेले भने, ‘उहाँहरूले सहयोग गरे राम्रैसँग सञ्चालनमा आउँछ । यदि उहाँहरूले अप्ठ्यारो गरेपनि केही असहज होला तर संसद अगाडि बढ्छ ।’

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि यसअघि जस्तो सूचना टाँस गरेर संसद् स्थगित गर्ने पक्षमा आफूहरू नरहेको बताए । उनले सहमतिका लागि प्रतिपक्षी दलहरुको अपिल स्थगित गर्दै आएको भन्दै अब पहिले जस्तो बैठक स्थगित नहुने बताए ।

प्रतिपक्षहरुले भने बैठकमा आफ्नो रणनीति तय गर्न छलफलमा जुटेका छन् । माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसिरहेको बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी लगायतका दल सहभागी छन् ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेकको राजीनामा तथा उच्चस्तरीय छानबिन माग गर्दै आएका छन् । उनीहरुले लचकता देखाउँदै सरकारले छानबिन गर्ने प्रतिबद्धता आए सदन चल्न दिने पनि बताएका छन् ।

सत्तापक्ष र प्रतिपक्षी दलहरुको अडानले संसद्को प्रतिनिधिसभा बन्धक जस्तै बनेको छ । जसकारण गत जेठ १५ मा संसदमा प्रश्तुत आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल प्रभावित हुँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस