चेल्सीको विजयी सुरुआत, जुनियर्स र बेनफिकाको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ ३, मंगलबार (१३ घण्टा अघि)
  • ६४ पटक पढिएको
चेल्सीको विजयी सुरुआत, जुनियर्स र बेनफिकाको बराबरी

असार ३, काठमाडौं । फिफा क्लब विश्वकपमा चेल्सीले विजयी सुरुआत गरेको छ । एटलान्टाको मर्सिडेज–बेन्ज स्टेडियममा भएको खेलमा चेल्सीले लस एन्जलस एफसीलाई २–० ले हरायो ।

चेल्सीका लागि पेड्रो नेटोले ३४ औं मिनेटमा पहिलो गोल गरे भने इन्जो फर्नान्डेजले ७९ औं मिनेटमा दोस्रो गोल थपे ।

यो जितसँगै समूह ‘डी’ को चेल्सीले ३ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ ।

त्यस अगाडि समूह ‘सी’ को खेलमा बोका जुनियर्स र बेनफिकाले २–२ को रोमाञ्चक बराबरी खेले । यो नतिजापछि दुवै टिमले एक–एक अंक बाँडे ।

ताजा अपडेट

खोजी गर्नुहोस