भोटेकोशीमा बाढी आउन सक्ने चेतावनीपछि सिन्धुपाल्चोक र काभ्रेमा सतर्कता अपनाउन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ४, बुधबार (८ घण्टा अघि)
  • ३० पटक पढिएको
भोटेकोशीमा बाढी आउन सक्ने चेतावनीपछि सिन्धुपाल्चोक र काभ्रेमा सतर्कता अपनाउन आग्रह

असार ४, काठमाडौं । तिब्बत क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको र त्यसले नेपालको भोटेकोसी र सुनकोसी नदीमा बाढीको खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकले असार ७ गतेसम्म सावधानी अपनाउन आग्रह गरेको हो ।

भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी-सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भुम्लु, तेमाल र रोशी गाउँपालिकको सुनकोशी नदी किनारको वस्तीमा जोखिम हुनसक्ने भएकाले नदी आसपास बसोबास गर्ने बासिन्दाहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस