नेपाल औषधि आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ ८, आईतबार (७ घण्टा अघि)
  • ४६ पटक पढिएको
नेपाल औषधि आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित

असार ८, काठमाडौं । नेपाल औषधि आयातकर्ता संघ (मियान) को अध्यक्षमा पवन आचार्य निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न संघको आठौं वार्षिक साधारण सभा तथा अधिवेशनबाट महासचिव रहेका आचार्यको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

यस्तै अधिवेशनबाट संघको दुई जना उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित भएका छन् । महासचिवमा मधु पौडेल, सचिव पदमा सुरेश अग्रवाल र कोषाध्यक्षमा सन्दीप खनाल निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरूमा मुकुन्द राजभण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शितोष शाह, डा। आनन्दा राजभण्डारी, सुरज टिवटिवाल, राज किशोर, आनन्द चौधरी, चन्द्रशेखर रूङ्टा र डा अब्बुल हुसेन अन्सारी निर्वाचित भएका छन् । थप एक जना सदस्य भने अध्यक्षले मनोनित गर्ने निर्वाचन समिति संयोजक लालबहादुर बोहराले जानकारी दिए ।

नयाँ कार्यसमितिको पदावधी तीन वर्षको हुनेछ । यसअघि संघको नेतृत्व अञ्जन पुडासैनीले गरेका थिए ।

कार्यक्रममा बोल्दै (मियान) का नव निर्वाचित अध्यक्ष पवन आचार्यले पोषराज पाण्डे नेतृत्वको कार्यदलले सरकारलाई बुझाएको औषधिको मूल्य नीतिसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा आफूहरुको साथ नहुने स्पष्ट पारे ।

उनले औषधिको मूल्य समायोजन गर्ने कुरामा आयातकर्ताहरू सधैं सकारात्मक रहेको र राज्यलाई साथ दिन तयार रहेको भए पनि पछिल्लो पटक बुझाइएको कार्यादलयको प्रतिवेदनले औषधि आयातमा अंकुश लगाउन खोजिएकोले त्यसको विरोधमा आफूहरू उत्रिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस