पशुपतिको शव जलाउने उपकरणमा भ्रष्टाचार, १४ जनाविरुद्ध मुद्धा दायर

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ ८, आईतबार (९ घण्टा अघि)
  • ६३ पटक पढिएको
पशुपतिको शव जलाउने उपकरणमा भ्रष्टाचार, १४ जनाविरुद्ध मुद्धा दायर

असार ८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषअन्तर्गत विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

आयोगले उक्त प्रकरणमा कोषका सदस्यसचिव मिलन थापा, तत्कालीन सदस्य सचिव एवम् हालका परिषद सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डाक्टर घनाश्याम खतिवडासहित १४ जनाविरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रबक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

१४ जना संगै अन्य दूई कम्पनी समेत रहेका छन् । उनीहरुले सम्बन्धित कार्यमा अनुभव नै नभएका कम्पनीलाई बोलपत्र स्वीकृत गराई ठेक्का लगाएका थिए । उनीहरुले विद्युतीय शवदाह गृहको उपकरण खरिदमा १० करोड ३३ लाख ९१ हजार ३०.३१ रुपैँया हिनामिना गरी हानी नोक्सानी पुर्याएको अख्तियारको ठहर छ ।

सार्वजनिक पदको दुरुपयोग गर्दै कोषको आर्थिक स्रोत हिनामिना गरिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस