जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ८, आईतबार (९ घण्टा अघि)
  • ५९ पटक पढिएको
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

असार ८, काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बैंकिङ कसुर मुद्दामा पर्सा जिल्ला अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेको हो ।

बर्दियाको गुलेरिया नगरपालिका–५ निवासी रायमाझीमाथि आशा कुमारी चौहानले २ लाख ७५ हजार रुपैयाँ सापटी लिएर फिर्ता नगरेको आरोपमा जाहेरी दिएका थिए । पटक–पटक माग्दा एभरेष्ट बैंकको चेक दिइएको तर खातामा पर्याप्त रकम नभएका कारण चेक बाउन्स भएको उजुरीमा उल्लेख छ ।

पर्सा प्रहरीले अदालतको आदेशनुसार कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ । हालसम्म रायमाझीसँग सम्पर्क हुन नसकेको प्रहरीले बताएको छ । समानुपातिक प्रणालीबाट सांसद बनेकी रायमाझी यसअघि जसपामा थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस