असार ११, बागलुङ । ताराखोला गाउँपालिकाको १८ औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ताराखोलाका उपाध्यक्ष भिमबहादुर रोकाले ४० करोड ६७ लाखको बजेट सार्वजनिक गरेका छन् । जसमध्ये चालुतर्फ २२ करोड ७३ लाख र पुँजीगततर्फ १७ करोड ९३ लाख बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले आर्थिक विकासतर्फ एक करोड ४८ लाख, सामाजिक विकासतर्फ सशर्त अनुदानसहित १९ करोड ८३ लाख, पुर्वाधार विकासतर्फ ११ करोड ५५ लाख, विपद् व्यवस्थापनतर्फ ३० लाख, सुशासन तथा संस्थागततर्फ १ करोड ३२ लाख र पालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड १६ लाख ७० हजार विनियोजन गरेको छ ।
यस्तै बडिगाड गाउँपालिकाको १७ औं अधिवेशनमा उपाध्यक्ष भीमसेन वनले ७१ करोड ९५ लाख बजेट पेस गरेका छन् ।
बडिगाडको आन्तरिक राजस्वबाट एक करोड ६० लाख १५ हजार, नेपाल सरकारको राजस्व बाँडफाँटबाट १० करोड ५४ लाख १४ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ११ करोड २९ लाख ६ हजार, चालु वर्षको नगद मौज्दातबाट ७९ लाख ५० हजार स्रोत रहेको छ ।
यस्तै अन्तर सरकारी वित्तिय हस्तान्तरणअन्तर्गत सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट १० करोड ८७ लाख, प्रदेश तर्फको वित्तीय समानीकरण अनुदान एक करोड ४० लाख ७४ हजार, सङ्घीय सरकारको सशर्त अनुदान ३८ करोड ९३ लाख, सङ्घीय सरकारको विशेष अनुदान एक करोड ६३ लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान ३९ लाख ५० हजार, सङ्घीय सरकारको समपुरक अनुदान चार करोड पाँच लाख, प्रदेश सरकारको समपुरक ६० लाख गरी कुल ७१ करोड ९५ लाख आय प्रस्ताव गरिएको छ ।
खर्चतर्फ निसर्त चालु खर्चको रुपमा १५ करोड ९९ लाख, सशर्त चालु खर्चतर्फ ४० करोड ३९ लाख ५० हजार गरी कुल ५६ करोड ३८ लाख ५० हजार तथा पुँजिगततर्फ निशर्त पुँजिगत खर्च १० करोड ३५ लाख ५० हजार तथा सशर्त पुँजिगत खर्च पाँच करोड २१ लाख गरि १५ करोड ५६ लाख प्रस्ताव गरिएको छ ।
कृषि तथा पशुपन्छी पालनको समुन्नत विकास गरी नागरिकको जीवनस्तरमा सुधार ल्याउँदै स्वरोजगारको सङ्ख्यामा वृद्धि गर्ने उद्देश्यसहित आर्थिक विकास हुने कार्यक्रम सञ्चालन गर्न दुई करोड चार लाख २० हजार विनियोजन भएको छ । मानव पुँजिको विकासका लागि सामाजिक विकासतर्फ ४३ करोड ४७ लाख बजेट विनियोजन भएको छ ।
सडकको नयाँ ट्रयाक खोल्ने कार्यलाई न्यूनीकरण गर्दै साविकका वडा स्तरसम्म चल्ने सडक बनाउने लक्ष्य लिएको पालिकाले पूर्वाधार तथा भौतिक निर्माणमा १५ करोड २५ लाख ५० हजार बजेट विनियोजन गरेको छ । जसमा पालिकागत रुपमा एक करोड १९ लाख ५० हजार र वडागतमा चार करोड बजेट विनियोजन भएको छ ।
खाल–चिच्चौर–छिसफाँट सडकका लागि प्रदेश सरकारसंग साझेदारीमा समपुरक कोषबाट एक करोड २० लाख, सङ्घीय बजेटसँग समपुरक आयोजनाको रुपमा भानु माविका लागि ६ करोड तथा दगा–जिमी–राक्से–खर्वाङ सडकका लागि एक करोड ७५ लाख रकम विनियोजन भएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापनमा ५४ लाख बजेट रहेको बडिगाडको कार्यक्रममा संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा एक करोड ३१ लाख ८३ हजार बजेट विनियोजन भएको छ । गत वर्षभन्दा बजेटमा एक करोड कमि रहेपनि पुँजिगततर्फ गत वर्षभन्दा चार करोड कमिको बजेट सार्वजनिक गरेको हो । अघिल्लो वर्षको मौज्जाद कम भएको र प्रशासनिक खर्च बढेका कारण पुँजीगत खर्चमा कमि आएको हो ।