आरुसी चलचित्रको लोकलयमा आधारित डालीमा सार्वजनिक (भिडियो सहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ चैत्र २७, बुधबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत २७, काठमाडौँ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘आरुसी’ को दोस्रो गीत रिलिज भएको छ।

मंगलबार ओएसआर युट्युव च्यानल मार्फत फिल्मको लोकलयमा आधारित ‘डालीमा हो डालीमा’ बोलको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा सुसन साम्सोहाङ लिम्बु र सुम्निमा इङ्नामको स्वर रहेको छ। लय संग्रोलाको शब्द रचनामा विकास चौधरी संगीतबद्ध गीतमा पुराना एवं पाका कोरियोग्राफर कमल राईको नृत्य निर्देशन रहेको छ।

उदय सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन्।

चलचित्रमा इशक राई, रमा लिम्बु, कला राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। इशकले यसै चलचित्रबाट नायकको रुपमा डेव्यु गरेका हुन्। सार्वजनिक गीतमा इशक र रमा फिचर भएका छन्।

यो चलचित्र आगामी असार २७ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ।

ताजा अपडेट

खोजी गर्नुहोस