जेठ ९, काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको नयाँ गीत नाकैको टुप्पोमा सार्वजनिक भएको छ । गायक खरेलको आफ्नै युट्यूव च्यानलबाट विहिबार उक्त गीत सार्वजनिक भएको हो ।
गायक खरेलको स्वरमा सजिएको उक्त गीतमा रवि मान सिंह बस्न्यातको शब्द रचना तथा टिका वम्जनको संगीत रहेको छ ।
भीमफेदी गाइज र विनु शाक्यले उक्त गीतको भिडियोमा फिचरीङ गरेका छन् । भिडियोलाई निर्मल लामाले निर्देशन गरेका छन् ।