छुट्टाछुट्टै दुर्घटनामा परी दुई बालबालिकाको मृत्यु

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७६ जेष्ठ १७, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ १७, राजविराज । सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी आज दुई बालबालिकाको मृत्यु भएको छ । सर्पदंशका कारण कञ्चनरुप नगरपालिका–११ का सात वर्षीय भुवनेश्वर रामको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस्तै डाकनेश्वरी नगरपालिका–७ मा गोरुको आक्रमणबाट स्थानीयवासी तीन वर्षीया गुञ्जाकुमारी मण्डलको मृत्यु भएको छ । आफ्नै घरमा खेलिरहेको अवस्थामा गोरुको आक्रमणमा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस