अचानक स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर १०, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका छन्।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान त्रिवि अस्पताल लगिएको हो । ओलीलाई पेट दुख्ने समस्या देखिएको जनाइएको छ । ओलीको स्वास्थ्य जाँच भइरहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, १४, ३० र मंसिर ८ गते गरी चारपटक डायलासिस गरिसकेको छ ।

ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ । उनको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस