ललिता निवास जग्गा प्रकरणः सीआईबी र अख्तियारमै अल्झियो फाइल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर २२, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २२, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटास्थित ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानको फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अख्तियारमा अल्झँदा मुद्दा प्रक्रिया लम्बने भएको छ ।

सरकारी जग्गा हिनामिनासम्बन्धी छानबिन प्रक्रिया ६ महिनादेखि सीआईबी र अख्तियारमा घुमिरहँदा अन्योल बढेको छ ।

नक्कली मोही खडा गरेर किनबेच भएको सो जग्गा प्रकरणमा राजनीतिक दलका नेतादेखि ठूला व्यापारी, कानून व्यवसायी र सचिवसम्म जोडिएका छन् । सो प्रक्ररणको पहिलो चरणको प्रारम्भिक अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक रूपमा पटक–पटक पत्रिकामा नाम निकालेर बयानका लागि बोलाइसकेको छ ।

तर, सो प्रक्रियाको अन्तिम टुंगो अझै लागेको छैन । राजनीतिक दलका नेतासम्म जोडिएकाले सो मुद्दा प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा अख्तियार आफैं अन्योलमा छ ।

पूर्वउपप्रधानदेखि पूर्वप्रमुख आयुक्तसम्म बयान लिइसकेको सो प्रक्ररणमा मुद्दाको दायरामा कति जनालाई विपक्षी बनाउने भन्ने विषयमा अख्तियार आफैं अन्योलमा छ । अख्तियारले सो प्रकरणमा मुछिएका तीन दर्जन बढीसँग बयान लिइसकेको छ ।

अख्तियारले जग्गाधनी प्रमाणपत्रदेखि नक्कली मोहीसम्मको प्रमाण भेटिसकेको छ तर मुद्दा प्रक्रियाको विषयमा अझै अन्योल रहेको अख्तियार स्रोतले जनायो । राजधानी दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस